तालिबानले जारी गर्‍यो मन्त्रीहरूको नयाँ सूची, महिला फेरि बहिष्कृत

अफगानिस्तानमा शासन गरिरहेको तालिबानले मन्त्रीहरूको नयाँ सूची मंगलवार जारी गरेको छ । महिलाहरूलाई हकअधिकार दिने भने पनि नयाँ सूचीमा समेत तालिबानले महिलालाई स्थान दिएको छैन । महिला मन्त्रालय नै उसले हटाएको छ । 

त्यसो त देशमा बालिकाहरूलाई विद्यालयमा पढ्न जान दिने आश्वासन तालिबानले दिएको छ तर कहिलेसम्ममा त्यसो गर्ने भन्ने कुनै टुंगो छैन । मन्त्रिमण्डलमा महिला नराख्ने निर्णय देख्दा त बालिकालाई विद्यालय जान पनि तालिबानले देला जस्तो देखिँदैन । 

तालिबानका प्रवक्ता जबीउल्ला मुजाहिदले काबुलमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सूची जारी गरेका हुन् । सूचीले समावेशिता र महिला अधिकारको धज्जी उडाएको छ र देश कट्टरपन्थी तरिकाले नै चलाउने संकेत दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *