भवानीपुर विधानसभा आसनमा उपचुनाउ ममता ब्यानर्जीले नामाङ्कन बुझाइन्

राज्यकी मुख्यमन्त्री तथा तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जीले भवानीपुर विधानसभा आसनबाट उपचुनाउमा प्रतिद्वन्द्विता गर्नको निम्ति शुक्रवार गणेश चर्तुर्थीको दिन नामाङ्कन पत्र भरेकी छन् । शुक्रवार अलिपुरको सर्भे बिल्डिङमा पुगेर ममता ब्यानर्जीले भवानीपुर आसनबाट तृणमूल कङ्ग्रेस उम्मेदवारको रूपमा नामाङ्कन पत्र बुझाएकी हुन्। ममता ब्यानर्जी सर्भे बिल्डिङमा पस्ने क्रममा तिनका प्रस्तावकको रूपमा अभिनेत्री कोयल मल्लिकका पति तथा प्रायोजक निसपाल सिंह राणेलाई पनि देखियो ।

बितेको बुधवार तृणमूल कङ्ग्रेसको कर्मीसभा मञ्चबाट तृणमूल कङ्ग्रेसले गणेश चतुर्थीको दिन नामाङ्कन पत्र बुझाउने घोषणा गरेको थियो। ममता ब्यानर्जीको प्रस्तावकको रूपमा निसपाल सिंह राणेबाहेक पनि फिरहाद हाकिमकी पत्नी इसमत हाकिम उपस्थित थिइन् । यसबाहेक अन्य दुई प्रस्तावक पार्टीका पूर्व काउन्सिलर बाबलु सिंह अनि मीरज शाह पनि उपस्थित थिए । नामाङ्कन बुझाउने क्रममा ममता ब्यानर्जीसँग निसपाल सिंह राणेको उपस्थितिले धेरैलाई नै आश्चर्यमा पायो ।

यद्यपि टलिवुडसँग राज्यमा सत्तारूढ़ दलको घनिष्ट सम्पर्क नयाँ होइन । शुक्रवार निसपाल सिंहको परिचय दिने क्रममा ममता ब्यानर्जीले भनिन्, निसपाल सिंह राणे अभिनेत्री कोयल मल्लिकका पति हुन् । उनी भवानीपुरमा नै बस्छन् । यद्यपि राजनैतिक पर्यवेक्षकहरूको म तानुसार भवानीपुरमा धेरै सङ्ख्यामा अबङ्गाली एवम् सिख समुदायका मानिसहरू बसोवासो गर्छन् । यस्ता मतदाताहरूलाई आकर्षित गर्नको निम्ति नै ममता ब्यानर्जीले निसपाल सिंह राणेलाई प्रस्तावकको रूपमा चुनेकी हुन् अर्कोतिर, गुजराती भोट ब्याङ्क|

Leave a Reply

Your email address will not be published. Required fields are marked *