महामारीको समयमा सार्क राष्ट्रलाई भारतको सहयोग

अक्सिजन आपूर्ति देखि लिएर कोभिड भ्याक्सिन, मास्कर परीक्षण किट, महामारीको सङ्कटको घडीमा पनि भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) | देशहरूलाई सबै सम्भावित तरीकाले | सहयोग गरेको छ भारतमा पनि | महामारीको समस्या थियो तापनि भारत आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी र वसुधैव कुटुम्बकम (संसार एक परिवार हो) को मन्त्र को पालना गर्न पछि हटेन । प्रधानमन्त्री मोदीले सार्क देशहरूलाई कोभिड विरुद्ध लड्न एकजुट गरे । | कोभिड १९ महामारीको सामना गर्न – | भारत सार्क सहयोगको नेतृत्व गर्दै आएको छ । कोभिड स्थितिको सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीको शुरुवात देखि नै सार्क राष्ट्रहरूका । नेताहरूसँग कुराकानी गरेका थिए । सन् | २०२० मार्च महिनाको १५ तारिखमा प्रधानमन्त्री मोदीले सार्क नेताहरूसँग भिडियो सम्मेलनको माध्यमबाट कोभिड १९ को सामना गर्न एक साझा रणनीतिको रूपरेखामा कुराकानी गरेका थिए। सबै देशहरूको स्वैच्छिक योगदानको आधारमा उनले सार्क देशहरूको लागि एक कोभिड – १९ आपत्कालीन कोषको स्थापनाको प्रस्ताव राखेका थिए ।

भारतले कोषको लागि एक करोड अमेरिकी डलरको प्रारम्भिक प्रस्ताव राखेको थियो डाक्टरहरू र विशेषज्ञहरूको द्रुत प्रतिक्रिया टोली गठन, परीक्षण किट र अन्य उपकरणहरू राखी महामारीको सामना गर्नका लागि राष्टहरुलाई तयार पान्यो । प्रधानमन्त्रीले छिमेकी देशहरूका आपत्कालीन प्रतिक्रिया टोलीहरूको लागि अनलाइन प्रशिक्षण कार्यक्रमको व्यवस्था पनि गरेका थिए । साथै उनले भारतको एकीकृत रोग देखरेख पोर्टलको सफ्टवेयर पनि साझा गरेका थिए जसको मद्दतले सम्भावित भाइरस वाहकहरू र उनीहरूको सम्पर्कमा आएकाको पहिचान गर्न सकिन्छ ।

यसै फरवरी १८ तारिखमा, प्रधानमन्त्री मोदीले सार्क स्वास्थ्य सचिव स्तरीय बैठकको आयोजना गरेका थिए । जसमा उनले कोभिड १९ सङ्कटमा वस्तुतः सम्बोधन गरेका थिए । उनले महामारीको बिचमा डाक्टरहरू र नर्सहरूका लागि एक विशेष भिसा योजनाको निर्माणको प्रस्ताव गरे । साथै उनले क्षेत्रीय हवाई एम्बुलेन्स सेवा शुरु गर्ने र कोभिड १९ भ्याक्सिनको समन्वित – अध्ययनका लागि एक मञ्चको निर्माण गर्ने पनि प्रस्ताव राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *