असममा गोर्खाहरू सुरक्षित छन् : हिमन्त विश्व शर्मा

असममा गोर्खाहरू सुरक्षित छन्, असममा गोर्खाहरूको निम्ति विशेष नागरिकता ऐन लागू हुनेछैन, असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आइतवार यहाँ उक्त कुरा भने । असमका मुख्यमन्त्री आइतवार केही घण्टाको निम्ति सिलगढ़ी आएका थिए । तिनीसँग असम भाजपाका राज्य सभापति भवेश कालिता पनि थिए। असमका पूर्व विधायक भाजपा नेता तथा असमका बंगाली अल्पसंख्यक सेलका सचिव अलोक घोष सिलगढ़ी लेकटाउनको श्रीमा सरणीमा बस्थे ।

अस्वस्थ भएपछि बितेको ७ अगस्त तिनको मृत्यु भयो । अलोक घोषका परिवारप्रति समवेदना प्रकट गर्नको निम्ति असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा आइतवार केही घण्टाको निम्ति सिलगढ़ी आएका थिए बिहान बाघडुग्रा विमानस्थलमा विमानबाट ओर्लिएपछि तिनी यहाँको लेक टाउनस्थित अलोक घोषको घर पुगे। तिनको भ्रमणलाई ध्यानमा राख्दै लेक टाउनमा अगावैदेखि पुलिसको व्यापक व्यवस्था गरिएको थियो । असमका मुख्यमन्त्रीले अलोक घोषकी पत्नी आलपना घोषसँग भेट गरेर समवेदना प्रकट गरे । तिनी घोषको घरमा एक घण्टा बसे।

सिलगढ़ीमा असमका मुख्यमन्त्रीलाई विधायक शंकर घोष र डाबग्राम फूलबारीकी विधायिका शिखा च्याटर्जीले पुष्प गुच्छ दिएर स्वागत जनाए सिलगढ़ीबाट फर्किने क्रममा पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा हिमन्त विश्व शर्माले भने, असममा गोर्खाहरूविरुद्ध फरेनर्स ट्राइब्युनलमा विचाराधीन सबै मुद्दा नै फिर्ता लिइनेछ, यो अहिले कुनै मुद्दा होइन, असममा वर्तमानमा डिटेन्शन क्याम्पमा मात्र १२ जना हिन्दू बंगाली छन्, तिनीहरूलाई पनि डिटेन्शन क्याम्पबाट |

Leave a Reply

Your email address will not be published. Required fields are marked *