के राज कुन्द्रासँग अलग हुने तयारीमा छिन् शिल्पा ?

पोेर्नोग्राफी मुद्दामा व्यापारी राज कुन्द्रा पक्राउ परेको एक महिना भन्दा बढी भएको छ । यो मुद्दाबाट राजले तत्काल छुटकारा पाउने संभावना पनि छैेन । राजले पोर्नोग्राफीको व्यापार गरिरहेका छन् भन्ने सार्वजनिक भएपछि उनकी पत्नी तथा नायिका शिल्पा सेट्टी समेत आश्चर्यमा परिन् ।

उनै, शिल्पाले पति राज कुन्द्रासँग अलग हुने सोच बनाइरहेको भारतीय मिडियाले उल्लेख गरेको छन् । बलिउड अनलाइन बलिउड हंगामाले शिल्पाकोे नजिकको साथीको भनाइलाई आधार मानेर उल्लेख गरेको समाचारमा शिल्पा राज विनाको जीवनको योजना बनाइरहेकी छिन् ।

शिल्पा आफ्ना सन्तानलाई उनीहरुकोे पिताले गलत तरिकाले कमाई गरेको सम्पत्तीबाट अलग राख्न चाहन्छिन् । शिल्पा राजले कमाएको रकमबाट आफ्नो जीवन अगाडि बढाउन चाहन्नन् ।

शिल्पा आफैले पनि रियालिटी शोबाट निक्कै राम्रो रकम आम्दानी गरिरहेकी छिन् । शिल्पालाई बलिउड चलचित्रको अफर पनि एकपछि अर्को रुपमा आइरहेको छ । यसैले पनि राजको सम्पत्ती विना नै आफ्नो जिन्दगी अगाडि बढाउन सकिन्छ भन्नेमा शिल्पा विश्वस्त छिन् ।

आफ्नोे जिन्दगीलाई सुविधा सम्पन्न तरिकाले अगाडि बढाउन शिल्पालाई कुनै समस्या नरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसैले पनि शिल्पा राजसँग अलग हुने सोचमा पुगेको मिडियाको दाबी छ । तर, यो बिषयमा शिल्पाले भने कुनै पनि भनाई सार्वजनिक गरेकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *