चीनबाट आएको जहाजले ओभरसुट गर्यो, एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मार्यो
Posted on
चीनको छेन्दुबाट काठमाडौं आएको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभर सुट गरेको छ ।
विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले पाइलटले जहाजलाई ओभरसुट गराएका हुन् । मौसम अनुकूल नभएपछि जहाजले एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मारेको थियो । आज बिहान साढे ६ बजे अवतरणको समय रहे पनि सो जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको थियो ।
मौसम खराबीका कारण विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले सो जहाजले ओभरसुट गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
‘भिजिबिलिटी कम भयो भने, हावाको वेग बढी भयो भने, रनवेमा केही चिज देखियो भने पाइलटले अवतरणको जोखिम लिंदैन र ओभरसुट गर्छ,’ ती अधिकारीले भने, ‘आज भने भिजिबिलिटी कम भएकाले ओभरसुट गर्नुपरेको हो ।’
काठमाडौं उपत्यकाका आकाशमा बिहान हुस्सु लागेको थियो । हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको थियो । मनसुनी वायुको प्रभावका कारण देशभर बदली र वर्षाको अवस्था छ ।
बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा भारतीय व्यवसायी राज कुन्द्राको ‘अश्लिल फिल्म प्रकरण’ झनै रहस्यमय बन्दै गएको छ । पोनोग्राफी प्रकरणमा राज कुन्द्राको विरुद्धमा उनकै भियान […]
दार्जीलिंग जिल्लाको सिलिगुडी विधानसभा केन्द्रबाट बायाँ का उम्मेदवार अशोक भट्टाचार्यले सोमबार आफ्ना समर्थकहरूसहित सिलिगुडी विधानसभा क्षेत्र अन्तर्गत विभिन्न क्षेत्रमा प्रचार गर्नुभयो। चुनावी अभियानको दौडान, उहाँ […]
यही अप्रिल ३० का लागि रिलिज मिति तोकेर प्रचारमा रहेको चलचित्रको कोरोनाका कारण तेस्रो पटक रिलिज मिति पछाडि सारिएको हो । यो चलचित्रमा अभिनेता अक्षयकुमार […]