नोबेल पुरस्कार को लागि मनोनीत डोनाल्ड ट्रम्प

अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन दुई महिनाभन्दा कम समय रहेको बेला राष्ट्रपति डोनल्ड ट्रम्पका लागि खुसीको खबर आएको छ: नोबेल शान्ति पुरस्कारका उनको नाम मनोनयनमा परेको छ ।नर्वेका एक नेताले ट्रम्पले इजरेल र यूएईबीच शान्ति सम्झौता गर्न भूमिका खेलेको भन्दै उनको मनोनयन गरेका हुन् ।क्रिस्टियन टाइब्रिङ-जेडले फक्स न्यूजलाई भने, “विभिन्न राष्ट्रबीच शान्ति स्थापना गर्न उनले (ट्रम्पले) अन्य कुनै पनि मनोनीत व्यक्तिले भन्दा बढी प्रयास गरेका छन्।”

आफू ट्रम्पको समर्थक नभएको बताउँदै उनले भने, “उनले कहिलेकाहीँ गर्ने व्यवहार नहेरी पुरस्कार समितिले तथ्य हेर्नुपर्छ र तथ्यका आधारमा उनलाई विचार गर्नुपर्छ ।”मनोनीत हुनु र पुरस्कार पाउनु फरक कुरो हो । नोबेल शान्ति पुरस्कार १३ महिनापछि मात्रै घोषणा हुन्छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *