७९ प्रतिशत अंक सित १० बर्षको केटाले १० कक्षा को परीक्षा पास गर्यो

लखनउ, उत्तर प्रदेश मा, एक बच्चा मात्र १० बर्ष को उमेर मा यूपी बोर्ड को १० वीं कक्षा को परीक्षा पास गरेको छ । यस बालकको नाम राष्ट्रम आदित्य कृष्ण राहेको छ। आदित्यको सफलताबाट उनको परिवार धेरै खुसी छ। आदित्यले अंग्रेजीमा ८३, हिन्दीमा ८२, विज्ञानमा ७६, गणितमा ६४, आर्टमा ८६ र सामाजिक विज्ञानमा ८४ अंक प्राप्त गरेका छन्।


आदित्यको असाधारण प्रतिभालाई ध्यानमा राखी यूपी माध्यमिक शिक्षा बोर्डले उनलाई २०१९ मा विशेष अनुमति दिएको थियो, जस पछि उनको भर्ना एमडी शुक्ला इन्टर कलेज, लखनऊमा कक्षा ९ मा भएको थियो। यो दोस्रो पटक हो कि यूपी माध्यमिक शिक्षा बोर्डले तुलनात्मक रूपमा सानो बच्चालाई कक्षा १० को बोर्ड परीक्षामा भाग लिन अनुमति दिएको छ। यसअघि सुष्मा वर्मा पाँच बर्षको उमेरमा कक्षा ९ मा भर्ना भएकी थिइन्।


२००७ मा यूपी बोर्डको परीक्षा पास गरेपछि उनी देशकी सबैभन्दा स्यानो उमेरको हाई स्कूल बिद्यार्थी बनिन्। आदित्य अब स्यानै उमेरमा यूपी बोर्डको १० औं कक्षाको परीक्षा पास गर्ने दोस्रो विद्यार्थी बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *