कश्मीरमा विद्यालय भवन बनाउन अक्षयकुमारले दिए एक करोड रुपैयाँ

बलिउड अभिनेता अक्षय कुमारले विद्यालयको निर्माणको आर्थिक सहयोग गरेका छन्। अक्षयले कश्मिरको रहेको विद्यालयको निर्माणका लागि एक करोड भारतीय रुपैयाँ सहयोग गरेका हुन्।

कश्मिरमा रहेको गभरमेन्ट मिडिल स्कुलमा ‘श्री हरि ओम भाटिया एजुकेसन ब्लक’ बनाउनका लागि उनले १ करोड दिएका हुन्। बिएसएफ कश्मीरले एक ट्वीट गर्दै अक्षयले सहयोग गरेको जानकारी दिएको हो।

अक्षयले विद्यालयको निर्माणको शिलान्यास कार्यक्रममा समेत भर्चुयल माध्यमबाट नै सहभागिता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *