मुख्यमन्त्री ममता ब्यानर्जी आज दिल्ली जाँदै

संसदको वर्षाकालीन अधिवेशनमा पेगासस मुद्दाले रडाको मचिरहेको समयमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी सोमवार बेलुकी नयाँ दिल्ली भ्रमणमा गइरहेकी छन् । तर दिल्ली जानअघि मुख्यमन्त्रीले राज्य मन्त्रीमण्डलको विशेष बैठकको अध्यक्षता गर्नेछिन् । मुख्यमन्त्रीले सोमवार अपराह्न एक बजी मन्त्रीमण्डलको विशेष बैठक डाकेकी छन् । मुख्यमन्त्रीको कार्यालयबाट राज्यका सबै मन्त्रीहरूलाई फोन गरेर बैठकमा अनिवार्य रूपले उपस्थित हुन भनिएको छ। मन्त्रीम ण्डलको बैठकमा महत्त्वपूर्ण प्रस्तावहरू पारित हुने सम्भावना छ । साधारणतः पन्ध्र दिनपछि मन्त्रीमण्डलको बैठक हुन्छ तर गत बिहीवार अन्तिमपल्ट मन्त्रीमण्डलको बैठक भएको थियो । प्रायः दुई वर्षपछि मुख्यमन्त्री ममता ब्यानर्जी सोमवार दिल्ली भ्रमणमा गइरहेकी छन् दिल्लीमा ममता ब्यनर्जीको एकाधिक राजनैतिक र प्रशासनिक कार्यक्रमहरू छ यस भ्रमणको अवधि ममता ब्यानर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नसाथै विपक्षी दलका वरिष्ठ नेताहरूसँग पनि बैठक गर्नेछिन् । विपक्षी दलहरूसँगको प्रस्तावित बैठकलाई लिएर यसैबीच ममता ब्यानर्जीले सन् २०२४- को लोकसभा चुनाउको निम्ति भाजपाविरोधी दलहरूको मोर्चा बनाउने प्रयासमा लागिपरेकी अड्कलबाजी लगाइँदैछ। ममता ब्यनर्जी ३० जुलाई दिल्लीबाट कलकत्ता फर्किने कार्यक्रम छ|

तृणमूल कंग्रेसका वरिष्ठ नेताहरूले मीडियालाई बताए अनुसार, दिल्ली भ्रमणको अवधि ममता ब्यानर्जीले बंग भवनमा विपक्षी दलका नेताहरूसँग बैठक गर्नेछिन् ।

बैठकबारे तृणमूल कंग्रेस प्रमुखले विभिन्न विपक्षी दलका नेताहरूलाई निमन्त्रणा पत्र पनि दिइसकेको जानकारी पाइएको छ। बंग भवनमा ममता ब्यनर्जीको विपक्षी दलका नेताहरूसँगको बैठक २८ जुलाई ३ बजी हुनेछ । यस बैठकअघि त्यसै दिन मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। ममता ब्यानर्जीले बितेको २१ जुलाई एनसीपी प्रमुख शरद पवार अनि कंग्रेस नेता पी चिदम्बरमलाई विपक्षी नेताहरूको एउटा बैठक आयोजित गर्ने अनुरोध गरेकी थिइन् तर अब तृणमूल कंग्रेसले नै विपक्षी दलहरूसँग बैठकको आयोजना गर्ने जिम्मावारी उठाएको छ ।

प्राप्त जानकारी अनुसार दिल्ली आइसकेका तृणमूल कंग्रेसका महासचिव तथा ममता ब्यानर्जीका भदै अभिषेक ब्यानजीं अनि चुनाउ रणनीतिकार प्रशान्त किशोरले विपक्षी राजनैतिक दलहरूको मोर्चा गठन गर्नको निम्ति प्रमुख भूमिका पालन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *