अनुभवी बक्सर विकास पहिलो चरणमै हारे

भारतका अनुभवी बक्सर विकास कृष्ण (६९ किग्रा) ले शनिवार यहाँ ओलम्पिक खेलहरूमा आफ्नो पहिलो बाउटमै स्थानीय दावेदार सेवोनरेट्स क्विन्सी मेनसाह ओकाजावा विरुद्ध ०५ ले एकतर्फी हारको सामना गर्नु पन्यो यसरी टोक्यो ओलम्पिको बक्सिङ्ग खेलमा नौ सदस्यीय भारतीय टोलीको शुरुवात निराशाजनक रह्यो । बाउटको अवधि २९ वर्षीय विकासको आँखा मुनि कट् लाग्यो । टोली सूत्रबाट थाहालागे अनुसार, काँधमा हल्का चोट भए पनि विकास रिङ्गमा ओर्लिएका थिए । शनिवार चुनौती पेश गर्ने विकास एकमात्र भारतीय बक्सर थिए । जापानका ओकाजावाले पूरा लड़ाइँमा धलिमलि कायम राखे अनि दुईपल्टका ओलम्पियन भारतीय बक्सर विरुद्ध जीत हासिल गर्न उनलाई कुनै असुविधा भएन। घाना मूलका २५ वर्षीय ओकाजावा २०१९ को एशियन च्याम्पियनशीपमा रजत पदक विजेता हुन् अनि उनले यस साल विश्व च्याम्पियनशीपको क्वार्टर फाइनलमा स्थान बनाएका थिए । आइतवार ६ पल्टकी विश्व च्याम्पियन एमसी मेरिको (५१ किग्रा) र राष्ट्रमण्डल खेलहरूमा रजत पदक विजेता मनीष कौशिक पहिलो चरणको लड़ाइँमा हिस्सा लिन रिङ्गमा ओर्लिनेछन् ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *