मिरिक सरकारी पोलटेक्निक कलेज सञ्चालनमा एआइसीटीइको अनुमति

मिरिक सरकारी पोलटेक्निक कलेजमा वर्ष २०२१ २२ देखि शैक्षिक शत्र शुरू हुने भएको छ १५ जुलाईको दिन भारत सरकारको शिक्षा मन्त्रालय अधिनस्थ अल इण्डिया काउन्सिल फर टेक्नीकल एडुकेशनले मिरिक सरकारी कलेजमा वर्ष २०२१ अनि २०२२ को शैक्षिक सत्र शुरू गर्ने अनुमति प्रदान गरेको मिरिक सरकारी पोलटेक्निक कलेजका प्राचार्य जोयदीप भट्टचार्यले बताए। तिनले मिरिक सरकारी पोलटेक्निक कलेज सरकारी भएको अनुसार कोभिडको समयमा सरकारी नियमअनुसार नै भर्ना प्रक्रिया हुने जानकारी गराउँदै यही वर्षको अक्टोबर महिनादेखि यहाँ पठन-पाठन शुरू हुने अनि यसभन्दा अघि भर्नाको प्रक्रिया शुरू गरिनेछ भने तिनले मिरिक सरकारी पोलटेक्निक कलेजमा तीनवटा विषयमा तीन वर्षको पठन-पाठन हुने जानकारी गराउँदै यी तीनवटा विषयहरूमा डिप्लोमा इन ट्राइबल एण्ड टुरिज्यम, डिप्लोमा इन इलेक्ट्रोनिक एण्ड टेक्नोलजी अनि डिप्लोमा इन कम्प्युटर साइन्स एण्ड टेक्नोलजी रहेको जसमा प्रथम वर्षमा प्रत्येक विषयमा ६० जना गरेर मोठ १८० जना विद्यार्थीलाई भर्ना गरिनेछ भने तिनले पश्चिम बङ्गाल सरकार अनि अल इण्डिया काउन्सिल फर टेक्नीकल एडुकेसनको गाइड लाइनअनुसार नै पठन-पाठन हुने जानकारी गराउँदै आफूलाई २०१८ देखि नै मिरिक सरकारी पोलटेक्निक कलेजको प्रार्ययको दायित्व प्राप्त भए पनि पोलटेक्निक कलेजमा बिजुली, पानी, सडकलगायत कतिपय कुरोका समस्या भएको कारण पठन-पाठन हुन सकेको थिएन तर अब यहाँका सबै आवश्यकताहरू पूरा भइसकेको कारण नै अब कलेज सञ्चालनमा आउने भएको बताए ।

मिरिकमा सरकारी पोलटेक्निक कलेज सञ्चालनमा ल्याउन भारत सरकार, पश्चिम बङ्गाल सरकार, जीटीए, मिरिक महकुमा शासक, मिरिक नगरपालिका अध्यक्ष, मिरिक खण्ड विकास अधिकारी, विभिन्न विभागका अधिकारीहरूको महत्त्वपूर्ण भूमिका र योगदान रहेको बताउँदै मिरिक सरकारी पोलटेक्निक कलेजको स्थापनाले मिरिकबासीलाई मात्र होइन पहाडबासीलाई नै लाभ हुनेछ भने यता, मिरिक नगरपालिका अध्यक्ष एलबी राईले मिरिकको शैक्षिक विकासमा एउटा ठूलो अध्याय जोडिएको बताउँदै मिरिकमा सरकारी पोलटेकनिक कलेज सञ्चालनमा आउनु मिरिकको शैक्षिक विकासमा ठूलो उपलब्धि रहेको बताए ।

तिनले पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले मिरिक अनि पहाडको शैक्षिक विकासलाई ध्यानमा राखेर मिरिकमा सरकारी पोलटेक्निक कलेज निर्माण गरिदिएको जसको लागि म मिरिकबासीको पक्षबाट मुख्यमन्त्री ममता ब्यानर्जीप्रति धेरै आभार प्रकट गर्न चहान्छु भने तिनले हाल पहाडमा दुइवटा पोलटेक्निक कलेज रहेको अनि मिरिक तेस्रो पोलटेक्निक कलेजको रूपमा सञ्चालनमा आउने भएको जानकारी गराउँदै अब हाम्रा नानीहरू तकनिकी शिक्षाको लागि अन्य ठाँउमा जान पर्दैन । आफ्नै ठाँउमा नानीहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्नेछन् । यो अति नै सुखमय क्षण हो भने तिनले पश्चिम बङ्गालका मुख्यमन्त्रीले जे बोल्छन त्यो गरेर देखाएका छन् भन्दै हामीले पनि मिरिकमा पोलटेक्निक कलेजको लागि धेरै जोर गरेका थियौं । जसको फलस्वरूप अब मिरिक सरकारी पोलटेक्निक कलेज सञ्चालनमा आउने भएको छ । जसको लाभ मिरिकबासीलाई मात्र होइन पहाडबासीलाई नै हुनेछ भने । यता, मिरिक महकुमाका डिएमडिसी मृदुल श्रीमणीले पनि अल इण्डिया काउन्सिल फर टेक्नीकल एडुके मिरिक सरकारी पोलटेकनिक कलेजमा शैक्षिक सत्र २०२१-२२ शुरू गर्ने अनुमति प्रदान गरेको जानकारी गराउँदै यो मिरिकबासीको लागि खुशीको खबर रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *