भारतले चिनियाँ सैनिकहरूले पूर्वी लद्दाखमा सीमाबारे गरिएको एउटा सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ।चिनियाँ पक्षले उत्तेजक सैन्य गतिविधि गर्दै सीमामा विद्यमान स्थिति परिवर्तन गर्ने प्रयास गरेको तर आफ्नो सेनाले त्यसलाई विफल पारिदिएको दाबी भारतले गरेको छ।भारतीय सूचना विभागले प्रकाशित गरेको विज्ञप्तिमा भारतीय सेनाले आफू संवादमार्फत् शान्ति कायम गराउने पक्षमा भएको तर उक्त क्षेत्रलाई अखण्ड राख्न प्रतिबद्ध भएको उल्लेख छ ।चीनका विदेशमन्त्रीले चिनियाँ सेनालले सीमा रेखा पार नगरेको र दुवै देशका सेनाबीच संवाद कायम रहेको बताएको ग्लोबल टाइम्स पत्रिकाले लेखेको छ।
Related Posts
भत्ता नदिए सरकारी कर्मचारीले उग्र आन्दोलन गर्न सक्छन् – दिलीप घोष
- Priyanka Bhowmick
- February 22, 2023
- 0
बीजेपीका राष्ट्रिय उपाध्यक्ष दिलीप घोषले मदारीहाट वीरपाडा ब्लकको वीरपाडा चौपाठी क्षेत्रमा बुधबार चाय पे चर्चामा भाग लिए। दिलीप घोष हिजो राति वीरपारा पुगेका थिए। बुधबार […]
आर्मी रोकिएपछि एपीएफ दुई खेलअघि नै च्याम्पियन
- Editor
- February 17, 2021
- 0
सशस्त्र प्रहरी बलको एपीएफ क्लबले दुई खेल बाँकी छँदै महिला राष्ट्रिय लिग फुटबलको उपाधि रक्षा गरेको छ । दोस्रो स्थानमा रहेको आर्मी बुधबारको पहिलो खेलमा […]
‘कोरोनिल’ किटको वितरण नेपालमा किन रोकियो ?
- Editor
- June 11, 2021
- 0
कोरोना महामारी उत्कर्षमा पुगेको बेला भित्रिएको बाबा रामदेवको कम्पनीले उत्पादन गरेको विवादस्पद ‘कोरोनिल’ किट अहिले नेपालमा चर्चामा छ । कोरोना संक्रमण निको पार्ने दाबी गर्दै […]