बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधनले पुरै उद्योग शोकमा डुबेको छ । आज चर्चित गायिका लता मंगेशकरले दिलीप कुमारको निधनमा धेरै दुःखी हुँदै भावुक ट्विट गरेकी छिन् । लताले दिलीप कुमारलाई आफ्नो ठुलो दाजु मान्दै राखी बाध्ने गरेकी थिइन् । उनले पहिलो ट्विटमा लेखेकी छिन्, ‘युुसुफ दाजु आफ्नो सानो बहिनीलाई छाडेर जानु भो’ । लताले दिलीपको निधनले एक युगको अन्त्य भएको समेत उल्लेख गरेकी छिन् ।
यूसुफ़ भाई आज अपनी छोटीसी बहन को छोड़के चले गए.. यूसुफ़ भाई क्या गए, एक युग का अंत हो गया. मुझे कुछ सूझ नहीं रहा. मैं बहुत दुखी हूँ, नि:शब्द हूँ.कई बातें कई यादें हमें देके चले गए.
— Lata Mangeshkar (@mangeshkarlata) July 7, 2021
लताले अर्को दोस्रो ट्विटमा लेखेकी छिन्, ‘युसुफ दाजु पछिल्लो केही वर्ष देखि बिरामी हुनुन्थो, कसैलाई चिन्न सक्नुहुन्थेन । सायरा भाउजुले उनको दिनरात सेवा गर्नुभयो ।’