आफ्नो पानीजहाजमा रुसले गोली नचलाएको यूकेको भनाइ

रुसको सेनाले ब्ल्याक सीमा आफ्नो पानीजहाजमाथि चेतावनी स्वरूप प्रहार गरेको भनाइलाई ब्रिटेनले अस्वीकार गरेको छ।

रुसको रक्षा मन्त्रालयले ब्रिटिश पानीजहाज एचएमएस डिफेन्डर क्राइमिया नजिकै रुसी जलक्षेत्रमा प्रवेश गरेपछि गस्ती गरिरहेको एउटा रुसी लडाकु पानीजहाजले गोली प्रहार गरेको र अगाडिको जलमार्गमा एउटा लडाकु विमानले बम प्रहार गरेको जनाएको थियो।

तर ब्रिटिश रक्षा मन्त्रालयले भनेको छ, ”एचएमएस डिफेन्डर माथि चेतावनी स्वरूप प्रहार गरिएको छैन।”

उसले त्यो पानीजहाज युक्रेनको जलक्षेत्रमा रहेको बताएको छ।

Click here to view the source

Leave a Reply

Your email address will not be published. Required fields are marked *