जोन म्याकाफी: पहिलो एन्टिभाइरस निर्माता स्पेनको जेलमा मृत फेला

एन्टिभाइरस सफ्टवेयर व्यवसायी जोन म्याकाफी बार्सिलोनाको एक जेलमा मृत फेला परेका छन्।

स्पेनको अदालतले उनलाई कर छलीको मुद्दामा अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएको केही घण्टापछि उनी मृत फेला परेका हुन्।

क्याटालान न्याय विभागले जेलका स्वास्थ्यकर्मीले उनलाई बचाउन प्रयास गरे पनि असफल भएको जनाएको छ।

एक विज्ञप्तिमा विभागले ‘सबै कुराले’ म्याकाफीले आत्महत्या गरेको सङ्केत दिएको बताएको छ।

Click here to view the source

Leave a Reply

Your email address will not be published. Required fields are marked *