ब्रिटिश सरकारले कोभिड-१९ सँग जुध्न लागू गरेका प्रतिबन्धहरू केही खुकुलो तुल्याउँदै गर्दा मङ्गलवार सेन्ट्रल लन्डनमा सयौँ भूतपूर्व गोर्खा सैनिकहरू जम्मा भएर ‘न्यायको माग’ गरे।
उनीहरूले “हामीलाई न्याय चाहियो, हामीसँग समान व्यवहार गरियोस्” जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए।
भूतपूर्व गोर्खा सैनिकहरूसँग ब्रिटेनस्थित शीख समुदाय, केही भूतपूर्व ब्रिटिश सैनिकहरू र अन्य सङ्घसंस्थाहरुले पनि ऐक्यबद्धता जनाएका थिए।
त्यस्तै गोर्खा सैनिकहरूलाई समर्थन जनाउँदै प्रदर्शनमा सहभागी नेपाली मूलका केही युवायुवतीहरूले नेपाललाई कोभिड विरुद्ध खोप दिन ब्रिटिश सरकारसँग माग गरेका थिए।