बलात्कारको प्रयासपछि निर्ममतापूर्वक हत्या

लखनउमा एउटा युवतीलाई बलात्कारको प्रयास पछि बिभत्स रुपमा हत्या गरिएको छ। पहिलो वर्ष बीएससी पहिलो वर्षमा पढने ती विद्यार्थीलाई बलात्कारको प्रयासको विरोध गरेपछि उनको प्रेमी र दुई साथीले २४ पटक प्रहार गरी घाइते बनाएर हत्या गरेका थिए।

मृतकको साथी मोहम्मद कैफ सहित तीन युवकलाई सोमबार पक्राउ गरिएको छ। 

रिपोर्टका अनुसार कैफले ती केटीलाई बोलाएर उनलाई उनको घरको छेउबाटै मोटरसाईकलमा लगेका थिए।

भारतीयसेन्ट्रलका पुलिस उपायुक्त सोमेन बर्माले घटनास्थलमा तिनजना युवकले युवतीलाई जबरजस्ती गर्नुका साथै बलात्कारको प्रयास गरेको जानकारी दिए। यसैक्रममा युवती कुनै तरिकाले त्यहाँबाट मुक्त भई भागेकि थिईन। तर युवकहरुले पीछा गरी उनलाई समातेर निर्ममता पुर्वक कुटपिट गरी हत्या गरेका थिए। प्रहरीले घटनास्थलबाट छुरी पनि बरामद गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *