अफगानिस्तानका सुरक्षाकर्मीसँगको भिडन्तमा कम्तीमा एक सय बढी तालिबानीको मृत्यु भएको छ

खामा प्रेसले अफगानिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै कम्तिमा ५० तालिबानी भिडन्तमा घाइते भएको उल्लेख गरेको छ ।
समाचार संस्था एएनआईले अफगानिस्तानको कम्तीमा सात क्षेत्रमा पछिल्लो चौबीस घण्टामा सुरक्षाकर्मीले चलाएको अपरेशनमा यति धेरै सङ्ख्या तालिबानीको मृत्यु भएको उल्लेख गरेको छ । लघमान, कुनार, नानगारहर, गजनी, पक्तिया, मैदान वार्दाक, ख्वस्त, जाबुल, हेरात, फरयाब, हेलमन्द र बघलान प्रान्तमा सुरक्षाकर्मीले खोज अपरेशन चलाएको थियो ।
खोज अपरेशनको क्रममा सुरक्षाकर्मीले विभिन्न ३५ स्थानमा गाडिएको एम्बुसलाई समेत निष्क्रिय बनाएको छ । पछिल्लो समय अफगानिस्तानमा तालिबानले आक्रमणको घटनामा तीब्रता दिएको छ । सुरक्षा जाँच केन्द्र तालिबानको निशानामा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *