सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।
आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिनुभएको छ । उहाँले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी दिनुभएको छ । उक्त विज्ञप्तिमा उहाँले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतिको ज्यान गुमाउनुपरेकोमा निकै दुःख लागेको बताउनुभएको छ ।
ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा सवार रहेका कोलम्बियाली प्रहरी सेवाका पाँच अधिकारीलाई गुमााउनुपरेको छ भनिएको छ । ती प्रहरीहरु यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत प्रहरी अधिकारी रहेको बताइएको छ ।
ग्रामीण क्षेत्रमा दुर्घटनामा परेको सो हेलिकोप्टरको दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जानकारी दिएका छन् ।