विश्व स्वास्थ्य संगठनले भारतका स्वास्थ्य मन्त्री डा. हर्षवद्र्धनलाई सम्मानित गरेको छ

उहाँलाई ‘डब्ल्युएचओ डारेक्टर जेनेरल स्पेशन रेकोग्निशन अवार्ड’बाट सम्मानित गरिएको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रस अदनोम गेब्रेससले आफ्नो ट्वीटर खातामा तम्बाकु नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएकोले उहाँलाई सम्मानित गरिएको बताउनुभएको छ । “सन् २०१९ मा डा. हर्षवद्र्धनको नेतृत्वमा तम्बाकु नियन्त्रण गरिएको प्रयास प्रशंसनीय छ, उहाँलाई विश्व स्वास्थ्य संगठनको स्पेशल रेकोग्निशन अवार्ड प्रदान गर्दा खुशी लागेको छ ।”– महानिर्देशक गेब्रेससले लेख्नुभएको छ ।
त्यसैगरी, विश्व स्वास्थ्य संगठनले बेलायतको बाथ विश्वविद्यालयलाई तम्बाकु नियन्त्रण अनुसन्धान समूहलाई समेत पुरस्कृत गरेको छ । विश्वभरि आज ‘नो तम्बाकु डे’ मनाइदैछ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *