भारतमा लगातार १३ औं दिन चौबीस घण्टामा थपिने सङ्क्रमितको संख्यामा कमी आएको छ

बुधबार चौबीस घण्टामा दुई लाख आठ हजार ९२१ सङ्क्रमित थपिएका छन् ।
समाचार संस्था एएनआईका अनुसार भारतमा हाल २४ लाख ९५ हजार ५९१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । भारतको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्म दुई करोड ७१ लख ५७ हजार ७९५ जना सङ्क्रमित भएका छन् ।
पछिल्लो चौबीस घण्टामा दुई लाख ९५ हजार ९५५ जना सङ्क्रमित निको भएका छन् । निको हुने दर ८९ प्रतिशत पुगेको छ । हालसम्म दुई करोड ४३ लाख ५० हजार ८१६ सङ्क्रमित कोरोनामुक्त भएका छन् । पछिल्लो चौबीस घण्टामा २२ लाख १७ हजार ३२० नमूना परीक्षण गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा चार हजार १५७ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन लाख ११ हजार ३८८ जनाको मृत्यु भएको छ ।
भारतमा गत् जनवरी तेस्रो सातादेखि खोप अभियान सञ्चालन भएको थियो । हालसम्म २० करोड छ लाख ६२ हजार ४५६ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *