भारतको उत्तराखण्डमा फेरि हिमनदी विस्फोट

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा फेरि हिमनदी विस्फोटपछि गएको पहिरोमा पुरिएर कम्तीमा दुई जनाको मृत्यु भएको छ ।  ३८४ जनाको भने सकुशल उद्धार गरिएको छ ।

चमोली जिल्लाको निती उपत्यकाको सुम्नामा शुक्रबार दिउँसो हिमनदी विस्फोटपछि पहिरो गएको थियो । पहिरोमा परेर २ जनाको मृत्यु भएको र ३८४ जनालाई सकुशल उद्धार गरिएको भारतीय सेनाले ट्विट गर्दै जानकारी दिएको छ । ‘३८४ जनाको उद्धार भएको छ भने उद्धारकार्य जारी छ,’ भारतीय सेनाले ट्विटमा भनेको छ ।

भारतीय सेनाका अनुसार बोर्डर रोड अर्गनाइजेशन (बीआरओ) सडक निर्माणका लागि बनाइएको शिविर हिम पहिरोमा पुरिएको बताइएको छ । त्यहाँ कति सैनिक जवान, कामदार र प्राविधिक थिए भन्ने अझै प्रस्ट भएको छैन । त्यसैगरी उत्तरखण्डका मुख्यमन्त्री तीरथसिंह रावतले पनि ट्वीट गर्दै हिमपहिरोको घटना र भएको क्षति सम्बन्धमा स्थानीय प्रशासनसँग जानकारी लिइरहेका बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *