प्यालेस्टाइनको आम निर्वाचनलाई सहयोग गर्न अपिल गर्नुभएको छ

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले सो अपिल गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ– संयुक्त राष्ट्रसंघले यो अपिल गर्दछ कि प्यालेस्टाइनमा समावेशी रुपमा हुने निर्वाचनले आगामी दिनमा यहाँको प्रजातान्त्रिक सरकारको पुनस्र्थापना गर्नेछ, त्यसैले सबैले सहयोग गर्नु आवश्यक छ ।
१५ वर्षपछि निर्वाचन हुन लागेको र जुन निर्वाचन एक महत्वपूर्ण र प्रजातन्त्रका लागि ऐतिहासिक निर्वाचन हुनेछ उहाँले भन्नुभएको छ । मे २२ का लागि आम निर्वाचनको घोषणा गरिएको छ । सो निर्वाचनका लागि तयारी भइरहेको बताइएको छ ।
यो आमनिर्वाचनले वेष्ट ब्यांक र गाजालाई पनि एकताबद्ध गर्ने काममा सघाउने तथा यस कार्यका लागि बाटो खोल्ने अपेक्षा गरिएको पनि विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *