तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त

अफगान सेनाले अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डमा सोमबार राती शुरु गरेको एक विशेष अभियानमा ६ जना सशस्त्र आतङ्ककारी मारिएका छन् । सोही अभियानको क्रममा २८ जना व्यक्तिलाई तालिबानको जेलबाट मुक्त गरिएको सेनाले मङ्गलबार पुष्टि गरेको छ ।
अफगानिस्तान नेसनल आर्मीका कमाण्डोहरुले हेल्मान्ड प्रान्तको मुसा काला जिल्लाको वरपरका इलाकामा आतङ्ककारीलक्षित कारबाही गरेका थिए । सेनाले प्रकाशन गरेको विज्ञप्तिका अनुसार मुक्त भएर सेनाका शिविरमा लगिएका ती व्यक्तिहरुका मेडिकल चेकअप भएको थियो ।
तालिवान विद्रोहीहरु प्रायः गाउँ र राजमार्गबाट सर्वसाधारण र सुरक्षाकर्मीहरुलाई अपहरण गर्ने गरेका छन् । अपहरण परेका ती सर्वासाधारण र सुरक्षाकर्मीहरुलाई तालिबानहरुले जासूसी गरेको आरोप लगाउँदै सजाय दिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *