भारतमा विगत २४ घण्टामा दुई लाख ७० हजार जनाभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क सोमवार बिहान सरकारले सार्वजनिक गरेको छ।

सो अवधिमा १,६१९ जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको बताइएको छ।अहिलेसम्म भारतमा डेढ करोडभन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भइसकेको छ। तीमध्ये एक लाख ७८ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका एक सांसद तथा पूर्वमन्ती डा. मेवालाल चौधरीको पनि कोभिडकै कारण मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या तीव्र गतिमा घटेका कारण हर्षवर्धन आशावादी देखिएका थिए।

गत सेप्टेम्बर महिनाको मध्यतिर भारतमा एकैदिन ९३,००० भन्दा बढी सङ्क्रमित भइरहेका थिए। पछि भने सङ्क्रमित हुनेहरूको सङ्ख्या लगातार घटिरहेको थियो। फेब्रुअरी महिनासम्म आइपुग्दा भारतमा प्रतिदिन औसतमा ११,००० नयाँ सङ्क्रमित थपिएका थिए।

भाइरसलाई नियन्त्रण गर्न सफल भएको विषयको उत्साह गत वर्षबाटै बढिरहेको थियो। राजनीतिज्ञ, नीतिनिर्माताहरू र सञ्चारमाध्यमहरूको एउटा समूहले भारत साँच्चै खतराबाट बाहिरिएको विश्वास गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *