प्रकोपबाट हालसम्म ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार ८८४ पुगेको छ ।
सोही अवधीमा ७३ हजार ५१३ थप व्यक्तिमा कोरोना भाइरसको सङक्रमणको पुष्टि भएको छ । कुल सङ्क्रमितको संख्या एक करोड ३६ लाख ७३ हजार ५०७ जना पुगेको ब्राजिली स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
ब्राजिलको साओ पाउलो शहर कोरोना भाइरसको कारण अति प्रभावित भएको छ । कोरोना भारइसको माहामारी शुरु भएदेखि हालसम्म २६ लाख ८६ हजार ३१ जना सङ्क्रमित भएका छन् भने सङ्क्रमणबाट ८५ हजार ४७५ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा जनवरी १७ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म तीन करोड २१ लाख ५० हजार व्यक्ति खोप लगाएका छन् ।