कोरोना सङ्क्रमण बढेपछि भारतको नयाँ दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइएको छ

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विकेन्ड कर्फ्यू लगाउने घोषणा गर्नुभएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । दिल्लीमा पाँच हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या २५ गुणाले बढेपछि मुख्यमन्त्री केजरीवालले यो निर्णय लगाउनुभएको हो ।
नयाँ नियमअनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् । सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ । हरेक म्युनिसफल जोनमा हरेक दिन एउटा साप्ताहिक बजार खोज्ने अनुमति दिइएको छ ।
बुधबार दिल्लीमा १७ हजार २८२ संक्रमित फेला परेका थिए भने १०४ जनाको मृत्यु भएको छ । त्यस्तै यहि अवधिमा ९ हजार ९५२ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *