भारतमा पछिल्लो चौबीस घण्टामा थप दुई लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमितको पहिचान गरिएको छ

नयाँ थपिएका सङ्क्रमितसँगै कूल सङ्क्रमित एक करोड ४० लाख ७४ हजारभन्दा बढी पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा दुई लाख ७३९ जना संक्रमितको पुष्टि भएको छ।
भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुरु भएयता एकै दिनमा दुई लाखभन्दा बढी सङ्क्रमित पहिचान गरिएको यो पहिलोपटक हो । यसअघि मङ्गलबार एक दिनमा एक लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो । कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख ७३ हजार नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *