कोरोना संक्रमण फैलने क्रम तीव्र बनेपछि भारतको राजधानी नयाँदिल्लीमा सप्ताहन्तमा कर्फ्यु आदेश जारी गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार भर्चुअल पत्रकार सम्मेलनमार्फत् त्यसको जानकारी गराएका हुन् । कर्फ्यु अवधिभित्र अत्यावश्यक सेवा र अन्तरराज्य सार्वजनिक यातायात भने चालू रहनेछ । तर, सबै किसिमका बजार, मलहरु बन्द रहनेछन् । तर, सिनेमा हल भने ३० प्रतिशत क्षमतामा चल्न दिइने भएको छ । निजी कार्यालयहरुलाई घरबाटै काम गराउन व्यवस्था मिलाउन निर्देशन दिइने पनि केजरीवालले भनेका छन् । मुख्यमन्त्री केजरीवाल र उच्च अधिकारीबीच बिहीबार बिहान भएको छलफल यस्तो निर्णय लिइएको हो । दिल्लीमा केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । बुधबार मात्र १७ हजार २८२ जना नयाँ संक्रमित थपिएका छन् । जुन कोरोना महामारी सुरु भएयताकै उच्च दर हो । मुख्यमन्त्री केजरीवालले संक्रमणको साङ्लो तोड्न कर्फ्यु लगाउने निर्णय गरिएको बताएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । बुधबार मात्र १०० जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *