कोरोना संक्रमण बढेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यु

भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण रोकथामका रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली राज्य सरकारले मंगलबारदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म लागि कफ्र्यु लगाउने निर्णय गरेको हो । आगामी ३० अप्रिलसम्मका लागि कर्फ्यु जारी गरिएको हो । विगत केही सातायता दिल्लीलगायत प्रमुख सहरहरुमा संक्रमण तीव्र बन्दै गएको छ । दिल्लीमा सोमबार मात्र ३ हजार ५४८ संक्रमित थपिएका थिए । र, १५ जनाको संक्रमणका कारण ज्यान गएको छ । शुक्रबार मात्र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तत्काल लकडाउन वा कर्फ्यु लगाउने योजना नरहेको बताएका थिए ।

भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको छ । र, संक्रमणको पहिलो लहर यसअघिको भन्दा दुई गुणाले बढिरहेको बताइएको छ । सार्वजनिक सरकारी तथ्यांकहरुले पनि संक्रमित हुने र मृत्युु हुनेको संख्या अत्यासलाग्दो किसिमले बढिरहेको देखाउँछ । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार सोमबार ९६ हजार ९८२ मा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो एक दिनमा मात्र भारतमा १ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । आइतबार भने त्यो संख्या १ लाख ३ हजार ५५८ थियो । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । यसअघि गत ३१ भदौमा यो तथ्यांक ९७ हजार ८९४ पुगेको थियो । सोमबार थपिएका संक्रमितसँगै भारतमा हालसम्म १ करोड २५ लाख ८९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा गएको एक सातामै करिब साढे ६ लाख र गएको पन्ध्र दिनमै दस लाखभन्दा बढी संक्रमित थपिएको बताइएको छ ।संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । सोमबार मात्र कोरोनाका कारण थप ४६६ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५६७ पुगेको छ । संक्रमणबाट बढी मृत्यु हुनेको संख्याका हिसाबले भारत विश्वको पाँचौं स्थानमा छ । कुल संक्रमणबाट भने भारतको अमेरिकापछि दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *