भारतीय सेनामा आगामी चार वर्षभित्रमा एक लाख सैनिक कटौती गरिने भएको छ ।

चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले यस लक्ष्यका विषयमा संसद्को स्थायी समितिलाई जानकारी दिएका छन् ।

त्यस कटौतीबाट बच्ने रकमको उपयोग प्रविधिलाई बढाउनका लागि गरिने रावतको भनाइ छ । सरकारले पनि सेनालाई यस रकमको उपयोग प्रविधिको क्षेत्रमा गरिने बताएको छ । 

भारतीय सेनामा संरचनागत परिवर्तनको प्रक्रिया चलिरहेको छ । दिल्लीस्थित जंगी अड्डाबाट अधिकारीहरू घटाएर फील्डमा पठाउने योजना छ ।

स्ट्यान्डिङ कमिटीलाई सेनाको टूथ टु टेल रेसियोका बारेमा पनि बताइएको छ । सैन्य कारवाहीमा भाग लिने तथा उनीहरूका लागि रसदपानी पुर्‍याउने सैनिकहरूबीचको अनुपातलाई टूथ टु टेल रेसियो भनिन्छ । 

सेनाको कारवाहीमा भाग लिने सैनिकहरूलाई टूथ र रसदपानी पुर्‍याउने सैनिकहरूलाई टेल भनिन्छ । टूथ धेर चाहिएमा टेलको संख्या घटाउनुपर्ने हुन्छ । यस अनुपातलाई घटाउनका लागि लगभग एक लाख सैनिक कम गर्नुपर्ने लक्ष्य लिइएको छ । अहिले भारतीय सेनामा लगभग १४ लाख सैनिक छन् । 

प्रविधिमा बढी जोड दिनुपर्ने सीडीएस रावतको भनाइ छ । आफूहरूले पैदल सैनिकमा फोकस गरिरहेको र उनीहरूले सीमामा निगरानी गर्ने गरेको उनले बताए । उनीहरूलाई आधुनिक राइफल दिने काम प्राथमिकतामा रहेको उनले बताए । उनीहरूलाई बढी सक्षम बनाउनका लागि धेरै प्रविधि दिन चाहेको रावतको भनाइ छ । 
 

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *