बलिउड फिल्म ‘रेम्बो’को मुख्य भूमिकामा टाइगरको ठाउँमा प्रभासलाई ल्याउने तयारी

एक वर्ष अघि आबद्ध भएको फिल्ममा उनी आफ्नै कारणले बाहिरिन पुगेको भारतीय मिडियाले समाचार लेखेका छन् ।

थुप्रै फिल्ममा साइन गरेका टाइगरले आफ्नो समय व्यवस्थापन गर्न नसक्दा फिल्म छाड्नुपरेको आजतकले लेखेको छ । उनी अहिले ‘वार २’ को सुटिङमा व्यस्त छन् भने छिट्टै ‘बागी ४’ र ‘हिरोपन्ती २’ मा पनि देखिँदैछन् । धेरै फिल्मको काम एकैपटक जुधेका कारण उनले सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म रेम्बो छोडेका हुन् ।

टाइगर बाहिरिएसँगै फिल्ममा दक्षिण भारतीय सुपरस्टार प्रभास भित्रिएका छन् । अब फिल्मको मुख्य भूमिकामा उनी देखिने भएका छन् । प्रभाससँगे कुराकानी लगभाग पक्का भइसकेको र छिट्टै नै घोषणाको तयारी गरिएको समाचारमा उल्लेख छ । प्रभासलाई फिल्मको कहानी मन परेकाले एडभान्सको कुरासम्म भइसकेको बताइएको छ ।

पछिल्लो समय प्रभास महत्वकांक्षी फिल्म ‘राधेश्याम’का कारण पनि चर्चामा छन् । पहिले नै रिलिज गरिएको फिल्मको टीजरलाई दर्शकहरूले अत्यधिक मन पराएका छन् । फिल्मलाई यसै वर्षको अन्त्यसम्म रिलिग गर्ने तयारीमा निर्माण टीमले काम गरिरहेको छ । यसको अलावा प्रभासले ठूलो बजेटको फिल्म ‘आदिपुरुष’मा पनि काम गर्दैछन्, जहाँ उनी भगवान रामको भूमिकामा देखिन लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *