सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ-गोलेले सिक्किमका पूर्व राज्यपाल श्री गंगा प्रसादसँग उहाँकै सरकारी निवासमा भेटघाट गरेका छन्।
मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी साझा गर्दै भेटका क्रममा पूर्व राज्यपालको स्वास्थ्य तथा कुशलक्षेमबारे जानकारी लिएको बताएका छन्। यस अवसरमा दुवैबीच सौहार्दपूर्ण वातावरणमा विभिन्न विषयमा विचार आदानप्रदानसमेत भएको थियो।
पूर्व राज्यपालसँग पुनः भेटघाट गर्न पाउँदा खुसी व्यक्त गर्दै मुख्यमन्त्री तामाङले उहाँको सुस्वास्थ्य, सुख, शान्ति तथा आगामी दिनहरू अझ सुखद र उपलब्धिमूलक रहून् भनी हार्दिक शुभकामना व्यक्त गरेका छन्।
