जादवपुर घटनाको विरोधमा शुक्रबार सिलिगुढीमा वामपन्थी विद्यार्थी संगठन SFI र युवा संगठन DYFI को आयोजनामा विरोध र्याली निकालियो। उक्त र्याली कञ्चनजंघा रंगशालाको अगाडिबाट सुरु भएको थियो।
हिलकार्ट रोड र सेभोक रोड हुँदै अघि बढेको उक्त जुलुस पार्टी कार्यालय अगाडि पुगेर टुंगियो। वामपन्थी दलहरूसँग आबद्ध विभिन्न जनवर्गीय संगठनका कार्यकर्ताहरूले पनि यस विरोध जुलुसमा सहभागिता जनाए। प्रदर्शनकारीहरूले जादवपुर घटनाको विरोधमा नाराबाजी गर्दै आफ्नो असहमति जनाए।
