जलपाइगढ़ीका विद्यार्थी आर्किष्मान मजुमदारले सन् 2026 को पश्चिम बङ्गाल माध्यमिक परीक्षामा दशौँ स्थान हासिल गर्दै जिल्लाको गौरव बढ़ाएका छन्। तिनले परीक्षामा 700 मध्ये 688 अङ्क प्राप्त गरेका छन्।
जलपाइगढ़ी शहरको सिरिशतला क्षेत्रका वासिन्दा आर्किष्मान सानैदेखि मेधावी विद्यार्थीका रूपमा परिचित छन्। तिनी छैटौँ कक्षादेखि जलपाइगढ़ी जिल्ला विद्यालयमा अध्ययनरत छन्। तिनको यस उपलब्धिले तिनको परिवार, विद्यालय तथा स्थानीय समुदायमा खुशी ल्याएको छ।
आर्किष्मानका पिता अमित मजुमदार आनन्द चन्द्र कलेजका कर्मचारी हुन्। तिनको शैक्षिक यात्रामा परिवारले महत्त्वपूर्ण भूमिका खेलेको छ विशेष गरी विज्ञान विषयहरूमा, जुन तिनलाई तिनका बाबाले नै पढ़ाउँथे। साथै तिनले बङ्गला, अङ्ग्रेजी, इतिहास र भूगोल विषयका लागि तीनजना निजी शिक्षकबाट पनि मार्गदर्शन लिएका थिए। आर्किष्मानले नियमित अध्ययन र पारिवारिक सहयोगलाई आफ्नो सफलताको मुख्य कारण बताएका छन्।
जलपाइगुडीका आर्किष्मान मजुमदार दशौँ स्थानमा
