प्रचारका लागि केही दिन मात्र बाँकी रहेको समय मतिगढ़ा–नक्सलबारी विधानसभा क्षेत्रका कङ्ग्रेस उम्मेद्वार अमिताभ सरकारले आफ्नो चुनाउ सम्पर्क अभियानलाई तीव्र बनाएका छन्। बिहीवार तिनले नक्सलबारीका रथ खोला र टुकरिया मोड़ क्षेत्रमा प्रचार गरे। अभियानका क्रममा तिनले तृणमूलका एक पञ्चायत सदस्यलाई अभिवादन गर्दै गरेको पनि देखियो।
अमिताभ सरकारले भने, म मत माग्दै सम्पूर्ण निर्वाचन क्षेत्रमा जनतासित भेटघाट गरिरहेको छु। पोस्टल मतपत्र मतदान पहिले नै कठोर निगरानीबीच आरम्भ भइसकेको छ। तिनले थपे, कङ्ग्रेस राज्यका सबै 294 आसनमा प्रतिस्पर्धा गर्ने एक मात्र पार्टी हो साथै विपक्षीहरू उक्त क्षेत्रमा कङ्ग्रेसको उपस्थितिबाट डराइरहेको छ।
भाजपा अनि तृणमूलले यस क्षेत्रमा प्रचारका लागि प्रधानमन्त्री र मुख्यमन्त्रीसहित शीर्ष नेताहरू परिचालन गरिरहेका तिनले थप टिप्पणी गरे। सरकारले भने, अखिल भारतीय कङ्ग्रेस समिति (एआईसीसी) का अध्यक्ष मल्लिकार्जुन खड़गे पनि प्रचारका लागि आउने सम्भावना छ।
कङ्ग्रेस प्रार्थी अमिताभद्वारा प्रचार तीव्र
