महिलाको नाममा नक्कली सामाजिक सञ्जाल एकाउण्ट, एक पक्राउ

सिलगढ़ी साइबर क्राइम पुलिस स्टेशनका पुलिसले महिलाको नाममा नक्कली सामाजिक सञ्जाल एकाउण्ट बनाई अश्लील तस्बिर तथा भ्रामक सन्देशहरू सेयर गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका आरोपीको नाम अमर दत्त हो जो फक्दाइबारी क्षेत्रमा बसोवास गर्दै आएका छन्।
प्राप्त जानकारीअनुसार फक्दाइबारीकी एक महिलाले 22 फरवरीमा साइबर क्राइम पुलिस स्टेशनमा लिखित उजुरी दर्ता गराएकी थिइन्। उजुरीमा महिलाले कसैले तिनको परिचय प्रयोग गरी नक्कली एकाउण्ट बनाएको र उक्त एकाउण्टबाट अश्लील तस्बिर पोस्ट गर्दै आइरहेको बताएकी थिइन्। विभिन्न व्यक्तिलाई अश्लील र भ्रामक सन्देश पठाउन पनि उक्त एकाउण्ट प्रयोग भइरहेको थियो। तिनको कार्यस्थलसित सम्बन्धित वित्तीय कारोबार सम्बन्धी सन्देशहरू समेत फैलाइएको अझै आरोप लगाइएको छ। त्यसले चिन्ता र प्रतिष्ठामा नोक्सान पुर्याशएको छ।
उजुरीका आधारमा सिलगढ़ी साइबर क्राइम पुलिसले यस मामिलामा जाँच अघि बढ़ायो। जाँचको परिणामअनुसार आरोपी अमर दत्तलाई मङ्गलवार राति पक्राउ गरियो। तिनलाई बुधवार न्यायालयमा प्रस्तुत गरिएको छ।

By Paromita