आमाको हत्या घटनाको पुनर्निर्माण

एउटै समयमा श्राद्ध र हत्या घटनाको पुनर्निर्माण। एकातिर घरको आँगनमा सानो छोराले आमाको श्राद्ध कर्म गर्दै थिए। आफन्तहरू पनि उपस्थित थिए। त्यसै समयमा कालो कपड़ाले अनुहार ढाकिएको र हातकड़ी लगाइएको अवस्थामा पुलिसको घेराबन्दीमा आमाको हत्या आरोपमा पक्राउ परेका जेठो छोरा घरभित्र प्रवेश गरे। घटनाको पुनर्निर्माणका लागि आरोपीलाई आफ्नै घरमा ल्याइएको थियो। गएको आइतवार राति मैनागुड़ीको चौथो वार्ड निवासी मीरारानी साहाको हत्या भएको थियो। आमाको हत्या आरोपमा जेठो छोरा सुशान्त साहालाई पुलिसले पक्राउ गरेको थियो।
त्यो दिन मृतकको श्राद्धकर्म थियो। सोही समय पुलिसले आरोपी र फोरेन्सिक टोलीलाई लिएर घटनास्थलमा आइपुग्यो। त्यसपछि लगभग चार घण्टासम्म घटनास्थलबाट विभिन्न नमुना सङ्कलन गरियो। पछि टोली आरोपीको घरमा पुग्यो जहाँबाट रगत लागेको एउटा लुगा उद्धार गरियो। फोरेन्सिक टोलीकी प्रमुख, निरीक्षक मौसुमी रक्षितले यी सबै परीक्षण गरी रिपोर्ट सम्बन्धित निकायमा पठाइने जानकारी दिइन्।
उता श्राद्धकर्म सकेपछि मृतकका कान्छा छोरा सुमन्त साहाले आफ्ना दाजुलाई कठोर सजाय दिनुपर्ने माग गरे। सुमन्तले भने, केही समयदेखि दाजुले जमीन बेच्नका लागि दबाउ दिइरहेका थिए। घटनाको दिन पनि तिनले आमामाथि त्यस्तै दबाउ दिएका थिए। आमा राजी नभएपछि दाजुले आमाको हत्या गरे।

By Paromita