‘तीन महिनाभित्र सबै अमेरिकीलाई खोप’

अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनाको अन्त्यसम्ममा सबै वयस्क अमेरिकीले कोरोना भाइरसविरुद्धको खोप पाइसक्ने बताएका छन् ।

अमेरिकाले यसअघि जुलाई अन्त्यसम्म सबै वयस्क नागरिकलाई खोप उपलब्ध हुने घोषणा गरेको थियो । बाइडेनले यसअघि घोषणा गरिएको भन्दा दुई महिनाअघि नै सबैले खोप पाउने भए पनि खोप अभियानको समय बढाइने जनाएका छन् ।

राष्ट्रपति बाइडेनले कोरोना भाइरसविरुद्धको युद्ध निकै लामो रहेको भन्दै जनतालाई ‘निकै सचेत’ रहनसमेत आग्रह गरेका बीबीसीले उल्लेख गरेको छ । तर बाइडेनको भनाइविपरीत अमेरिकाका कतिपय राज्यले भने लकडाउनलाई खुकुलो पार्दै लगेका छन् । अर्थतन्त्र ओरालो लागेको भन्दै केही राज्यले लकडाउन हटाउँदै लगिएको जनाएका हुन् ।

टेक्सास राज्यका गभर्नरले मंगलबार एक कार्यकारी आदेश जारी गर्दै मार्च १० देखि अधिकांश प्रतिबन्धहरू हटाइएको जनाएका छन् । ‘अब टेक्सासलाई शतप्रतिशत खुला गर्ने समय आएको छ,’ रिपब्लिकनहरूले भनेका छन्, ‘धेरै साना व्यवसायीले उनीहरूको खर्च धान्न निकै संघर्ष गर्नुपर्ने अवस्था आइसकेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *