खरसाङ महकुमा क्षेत्र अन्तर्गत बाँसघारी स्थित एउटा झोलुङ्गे पुल पुनः निर्माण हुने भयो। धेरै लामो समयदेखि गाउँबासीले आफ्नो क्षेत्रमा जिर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको जिर्णोद्धारको निम्ति धेरै गुहार माग्दै आएका थिए।
सबै जग्गाबाट निराशाको सामु गरे पछि अन्तमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट प्रमुख श्री अजय एडवर्ड्सलाई सहयोगको गुहार मागेका थिए।
धेरै गहिरो निरिक्षण पछि अन्तत आज 105ft को लम्बाई अनि 5ft चौडाई पुलको सिलन्यास कार्यक्रम आईजीजेएफ प्रमुख श्री अजय एडवर्ड्सको बाहुलीबाट सम्पन्न भयो। कार्यक्रम अवधि क्षेत्रीय वासिन्दाहरुमा हर्ष अनि उल्लासको माहोल थियो साथै अजय एडवर्ड्स प्रति कृतज्ञता प्रकट गरे ।
