फ्युजन सीएक्सद्वारा भारतमा आफ्नो उपस्थिति विस्तार गर्दै सिलगढ़ीमा 1000 सिट क्षमताको 54,000 वर्ग फुटको नयाँ सुविधा आरम्भ

कष्टमर एक्सपिरियन्स (सीएक्स) अनि बिजिनेस प्रोसेस म्यानेजमेण्टमा विश्वव्यापी नेता फ्युजन सीएक्सले पश्चिम बङ्गालको सिलगढ़ीमा 54,000 वर्ग फिटको नयाँ डेलिभरी सेण्टर उद्घाटन गरेको छ। 1000 सिट (लगभग 3000 सिफ्ट सिट) भएको यो सुविधा भोइस, इमेल, च्याट, सामाजिक अनि इन-एप म्यासेजिङ जस्ता ओम्नी-च्यानल समाधानहरूमार्फत ई-कमर्स र रिटेल क्षेत्रहरूलाई सहयोग गर्न डिजाइन गरिएको हो।
उद्घाटन कार्यक्रममा पश्चिम बङ्गाल सरकारका सूचना प्रविधि तथा इलेक्ट्रोनिक्स मन्त्री श्री बाबुल सुप्रियो साथै फ्युजन सीएक्सका सह–संस्थापक पंकज धनुका अनि किशोर सराओगी उपस्थित थिए। अधिकारीहरूले यस विस्तारलाई स्थानीय रोजगारमा वृद्धि गराउने अनि बङ्गालको बढ्दो आईटी तथा बीपीएम क्षेत्रको मान्यता स्वरूप प्रशंसा गरे।

“सिलिगुडीको CX हबको रूपमा उदय राज्यको लागि कोसेढुङ्गा हो, जसले ठूलो मात्रामा रोजगारीका अवसरहरू सिर्जना गर्दछ र IT र BPM क्षेत्रमा बंगालको बढ्दो शक्ति प्रदर्शन गर्दछ।”

श्री बाबुल सुप्रियो, माननीय सूचना प्रविधि तथा इलेक्ट्रोनिक्स मन्त्री, पश्चिम बंगाल सरकार


परम्परागत रूपमा व्यापार र ट्राञ्जिट हबको रूपमा परिचित सिलगढ़ीमा नयाँ केन्द्रले महत्त्वपूर्ण मोड़ तोकेको छ। सबल शैक्षिक आधार अनि उदाउँदै गरेको आईटी प्रतिभासहित सिलगढ़ी सेवा–केन्द्रित अर्थतन्त्रतर्फ विकसित हुँदैछ जसले विश्वव्यापी लगानीलाई आकर्षण गर्दै डिजिटल तथा डाटा–केन्द्रित उद्योगमा युवा पेशेवरहरूका लागि अवसर सिर्जना गरिरहेको छ। यस सुविधाले ग्राहक तथा विक्रेता समर्थन, क्विक–कमर्स समाधान, एआई आधारित डाटा सेवा तथा आधुनिक कर्मचारीमैत्री पूर्वाधार उपलब्ध गराउनेछ। यस विस्तारले अर्को पुस्ताका सीएक्स समाधानहरू प्रदान गर्न विश्वव्यापी स्तरलाई स्थानीय शक्तिसित मिश्रण गर्ने तिनीहरूको दीर्घकालीन दृष्टिकोणलाई जोड दिएको फ्युजन सीएक्सका नेतृत्वहरूले बताएका छन्।

By Business Bureau