हालसम्म ४ लाख २९ हजार ७०५ ले लगाए कोरोना खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४ लाख २९ हजार ७०५ लाई खोप लगाइसकेका छन् । पहिलो चरणको खोप अभियान माघ १४ गते सुरु भएको थियो ।

दोस्रो चरणको खोप अभियान फागुन २३ गतेदेखि सुरु हुँदैछ । मन्त्रालयले आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेको ५५ वर्ष माथिका सबै नागरिकलाई खोप दिइने बताए ।

उक्त अभियानमा विश्वविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरु, सार्वजनिक यातायतका चालक तथा सहचालकलाई खोप दिइने छ । पहिलो मात्रा खोप पाएका व्यक्तिहरुलाई दोस्रो खोपको मात्रा कम्तीमा ८ हप्ताको फरकमा दिइने र सोको जानकारी मिति तोकी सार्वजनिक गरिने उनले बताए । उनले हाल दिइरहेको खोप कोभिसिल्ड गुणस्तर, सुरक्षित र प्रभावकारी देखिएको बताउँदै ढुक्कसँग लगाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *