बाइकको ठक्करले घाइते तृणमूल प्रवक्ता वेदव्रत दत्त

बेपरवाह गतिमा आइरहेको बाइकको ठक्करले दार्जीलिङ जिल्ला समतलका तृणमूल कङ्ग्रेसका प्रवक्ता वेदव्रत दत्त गम्भीर रूपमा घाइते भएका छन्। यो घटना मङ्गलवार साँझ सिलगढ़ीको निवेदिता रोडमा भएको हो। स्थानीय सूत्रअनुसार एउटा एटीएमबाट पैसा झिकेर सड़क पार गरिरहेको क्रममा अचानक तीव्र गतिमा आइरहेको बाइकले तिनलाई जोड़ले ठक्कर दियो। ठक्करले तिनी सड़कमा पछारिएर लड़े अनि बेहोस भए।
स्थानीय मानिसहरूले तत्कालै उद्धार गरेर तिनलाई पहिलो एउटा निजी अस्पतालमा भर्ना गराएका थिए।

पछि थप उपचारका लागि तिनलाई मतिगढ़ास्थित अर्को प्रसिद्ध अस्पतालमा स्थानान्तरण गरियो जहाँ लगभग तीन दिनसम्म तिनको उपचार चल्यो। चिकित्सकहरूको भनाइमा हाल दत्तको स्वास्थ्य स्थिर भए पनि केही दिन पूर्ण आराम आवश्यक हुनेछ। वेदव्रत दत्तलाई बुधवार अस्पतालबाट छुट्टी दिइएको छ अनि तिनी अहिले घरमै आराम गर्दैछन्। तिनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको जनाइएको छ।

घटनाको खबर पाएपछि सिलगढ़ी नगर निगमका अध्यक्ष प्रतुल चक्रवर्ती तिनलाई भेट्न घरमै पुगेका थिए। तिनले भने, “शहरमा अनियन्त्रित गतिमा कुदाइने दुई चक्के वाहनहरूको रगरगी निरन्तर बढ़िरहेको छ अनि यसको नियन्त्रण अब अत्यावश्यक भएको छ।

By Piyali Poddar