जघन्य अपराधमा कुनै नाबालक दोषी ठहरिएमा कस्तो सजाय हुन्छ?

बैतडीकी एक किशोरी भागरथी भट्टको घटनामा प्रहरीले एक किशोरलाई आरोपितको रूपमा सार्वजनिक गरेपछि नेपालको कानुनमा नाबालकलाई हुने दण्ड व्यवस्थाका बारे चासो र चर्चाहरू चलेका छन्।

बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय भट्टको शव भेटिएको दुई सातापछि प्रहरीले पक्राउ गरिएको एकजना संदिग्धलाई गत बुधवार सार्वजनिक गरेको थियो।

अदालती प्रक्रिया अघि बढेर उक्त घटनाको टुङ्गो लाग्ने काम अझै बाँकी छ।राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेल “अवस्था जेजस्तो भए पनि नाबालकका हकमा उसको गोपनीयता सहितका बिषयमा सबैजना संवेदनशील हुनुपर्ने” बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *