सालुगढ़ामा भयावह सड़क दुर्घटना

हिजो राति भक्तिनगर थानाअन्तर्गत सालुगढ़ा क्षेत्रमा भयावह सड़क दुर्घटना भएको छ। दुर्घटनामा ट्रकले किच्याउँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भयो तर ट्रक चालकले भने सुइँकुच्चा ठोकेको छ। यो घटना उक्त क्षेत्रमा जड़ान गरिएको एउटा सीसीटीभी क्यामेरामा कैद भएको छ। प्राप्त जानकारीअनुसार, हिजो राति सालुगढ़ा क्षेत्रमा एकजना बाइक सवार असन्तुलित भएर सड़कमा लडेका थिए। त्यही बेला एउटा ट्रकले तिनलाई किच्यायो। तर ट्रक चालकले तुरुन्तै त्यहाँबाट सुइँकुच्चा ठोके। दुर्घटना देखेपछि स्थानीय मानिसहरू घटनास्थलमा पुगे र भक्तिनगर थाना पुलिसलाई जानकारी दिइयो। सूचना पाएर भक्तिनगर थाना पुलिस त्यहाँ आइपुग्यो। शवलाई उद्धार गरी पोस्टमर्टम गर्न उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाइएको छ। मृत व्यक्तिको नाम पुलक पाल हो अनि तिनी आश्रमपाड़ाका वासिन्दा थिए। यो भयावह सड़क दुर्घटना सीसीटीभीमा कैद भएको छ र अहिले भक्तिनगर थाना पुलिसले सुइँकुच्चा ठोक्ने ट्रक चालकको खोजी गरिरहेको छ।

By Piyali Poddar