उत्कर्ष स्मल फाइनेन्स ब्याङ्क लिमिटेडले 8औँ वार्षिकोत्सवको अवसरमा आफ्नो विस्तार यात्रामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। सन् 2017मा स्थापना भएदेखि निरन्तर आफ्नो उपस्थिति विस्तार गर्दै ब्याङ्कले अब भारतभरि 15 नयाँ ब्याङ्किङ शाखा आरम्भ गरेको छ जसमा सिक्किमको पहिलो शाखा पनि सामेल छ। यस विस्तारसितै उत्कर्ष स्मल फाइनेन्स ब्याङ्कको कुल नेटवर्क 27 राज्य र केन्द्र शासित क्षेत्रहरूमा शाखा सङ्ख्या 1043 पुगेको छ। यसले सेवा नपाउने समुदायहरूलाई वित्तीय सेवा उपलब्ध गराउने आफ्नो उद्देश्यलाई अझ दह्रो बनाएको छ।
उत्कर्ष स्मल फाइनेन्स ब्याङ्कका एमडी औ सीईओ गोविन्द सिंहले भने, “हामी हाम्रो ब्याङ्कलाई देशका प्रमुख स्मल फाइनेन्स ब्याङ्कहरूमध्ये एकको रूपमा विकास भइरहेको देखेर गर्वित छौँ”। “सिक्किममा पहिलो शाखासितै 15 नयाँ शाखाहरूको आरम्भ समुदायहरूलाई नवीनता र पहुँचयोग्य ब्याङ्किङ समाधान प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो।” बिहार, महाराष्ट्र, गुजरात र उत्तर प्रदेश जस्ता क्षेत्रमा शाखाहरू स्थापना गरेर ब्याङ्कको विस्तारले ग्राहकहरूको विभिन्न आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।
सिक्किमको गान्तोकमा आरम्भ गरिएको नयाँ शाखाले यस क्षेत्रमा वित्तीय समावेशीकरणलाई बढ़ाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। पर्यटन र कृषिमाथि आधारित उद्योगहरूका लागि परिचित स्थानीय अर्थतन्त्रका लागि यस शाखाले ब्याङ्कको पहुँचयोग्य वित्तीय सेवाहरू प्रदान गरेर स्थानीय व्यवसाय र वासिन्दाहरूलाई सशक्त बनाउन सहयोग पुर्या्उनेछ। ब्याङ्कका डिजिटल सेवा र “डिजी अन-बोर्डिङ” मोडल जस्ता नवीन सुविधाले ग्राहकहरूलाई शाखा नगई सजिलै ब्याङ्क खाता खोल्न र ब्याङ्किङ समाधानहरू उपयोग गर्न सक्षम बनाउनेछन्।