सिक्किमको गान्तोकमा पहिलो ब्याङ्किङ आउटलेटको उद्घाटनबारे घोषणा गरेर उत्कर्ष स्मल फाइनेन्स ब्याङ्क लिमिटेड (उत्कर्ष एसएइबीएल) उत्साहित छ। यस महत्त्वपूर्ण लञ्चले राज्यमा ब्याङ्कको पदार्पणलाई सङ्केत गर्दछ जसले वित्तीय समावेशीकरणप्रति तथा गान्तोक र बाहिरका वासिन्दाहरूलाई महत्त्वपूर्ण ब्याङ्किङ सेवाहरू प्रदान गर्ने यसको समर्पणलाई दह्रो बनाउँछ। सिक्किमको यस पहिलो आउटलेटसितै भारतभरि यस ब्याङ्कको आउटलेट सङ्ख्या 1043 पुगेको छ। विस्तारबारे टिप्पणी गर्दै उत्कर्ष स्मल फाइनेन्स ब्याङ्क लिमिटेडका एमडी तथा सीईओ श्री गोविन्द सिंहले भने, समृद्ध सांस्कृतिक सम्पदा र आश्चर्यजनक हिमाली परिदृश्यका लागि प्रसिद्ध सिक्किम राज्यको गान्तोकमा हाम्रो पहिलो ब्याङ्किङ आउटलेटको उद्घाटन सिक्किममा वित्तीय पहुँच विस्तारको यात्रामा अविष्मरणीय क्षण हो। परम्परा र प्रगतिको चौबाटोमा खड़ा गान्तोकले आर्थिक वृद्धिमा अपार सम्भावना प्रदान गर्दछ। सिक्किमको सांस्कृतिक परम्परालाई सम्मान गर्दै दिगो विकासको प्रबर्द्धनमा हाम्रा व्यापक ब्याङ्किङ सेवाहरू र माइक्रो फाइनेन्सिङ समाधानहरूमार्फत हामी स्थानीय व्यवसाय, कारीगर अनि परिवारहरूको उत्थान गर्न चाहन्छौँ।
ब्याङ्क आफ्ना ग्राहकहरूलाई वित्तीय उत्पाद अनि सेवाहरूको शृङ्खला प्रदान गर्ने स्थितिमा छ जसमा बचत अनि चालु खाताहरू, फिक्स्ड डिपोजिटहरू अनि रेकरिङ डिपोजिटहरू सामेल छन्। आफ्ना ग्राहकहरूको आकाङ्क्षाहरू पूरा गर्न ब्याङ्कले हाउजिङ लोन, बिजिनेस लोन र सम्पत्तिको धरौटीमा लोन आदि सुविधाहरू प्रदान गर्दछ। यसको ब्याङ्किङ आउटलेट पूर्वाधार, डिजिटल ब्याङ्किङ क्षमताहरू र एटीएम नेटवर्कको साथ ब्याङ्कले एकीकृत ग्राहक सेवा प्रदान गर्दछ। यसबाहेक ब्याङ्कले इण्टरनेट ब्याकिङ, मोबाइल ब्याङ्किङ, युनिफाइड पेमेण्ट इण्टरफेस (यूपीआई) अनि कल सेण्टर जस्ता बहु च्यानलहरूको सुविधा प्रदान गर्दछ।
उत्कर्ष एसएफबीएलले थोरै परिसेवा पाउने अनि परिसेवादेखि वञ्चित ग्राहकहरूलाई फाइनेन्सियल सेवा प्रदान गर्ने लक्ष्य राख्दछ। त्यसबाहेक समाजका अन्य वर्गलाई प्रदान गरिने फाइनेन्सियल सेवाहरूमा माइक्रो ब्याङ्किङ लोन (जेएलजी लोन्स), एमएसएमई लोन्स, हाउजिङ लोन्स अनि सम्पत्तिको धरौटीमा लोन्स आदि सामेल छन्। ब्याङ्कले ग्राहकहरूलाई ट्याब्लेटमा आधारित एप्लिकेसन एसिस्टेड मोडल “डिजी अन-बोर्डिङ” मार्फत शाखामा नगई ब्याङ्क खाता खोल्ने सुविधा पनि उपलब्ध गराउँछ।