करियरका लागि युवाहरूलाई सशक्त बनाउन फ्लिपकार्ट एससीओएको कल्याणीस्थित आईटीआईसित सहकार्य

भारतको स्वदेशी ई-कमर्स मार्केटप्लेस फ्लिपकार्टले पश्चिम बङ्गालको कल्याणीस्थित इण्डस्ट्रियल ट्रेनिङ इन्स्टिट्युट (आईटीआई)सँग सम्झौता पत्र (एमओए) मार्फत सहकार्यको सम्झौता गरेको छ। यस सहकार्यले फ्लिपकार्टको सप्लाई चेन अपरेसन्स एकाडेमी (एससीओए) अन्तर्गत युवाहरूलाई कौशल विकास गर्न सहयोग पुर्यालउनेछ। एमओएले सप्लाई चेन अपरेसन्स सम्बन्धी तालिम दिनका लागि सेण्टर अफ एक्सेलेन्स (सीओई) ल्याबद्वारा सुसज्जित कक्षा कोठा र सिमुलेशन ल्याब स्थापना गर्ने लक्ष्य राखेको छ।

यस पहलले स्थानीय युवाहरूको कौशल वृद्धि गरी रोजगारका अवसर सिर्जना गर्ने उद्देश्य पनि राखेको छ। फ्लिपकार्ट एससीओएका तालिम कार्यक्रमहरू विशेष रूपमा विद्यार्थीहरू अनि युवाहरूका लागि ई-कमर्स सप्लाई चेन अपरेसनका महत्त्वपूर्ण भूमिकामा कौशल वृद्धि गर्न तयार गरिएको छ। फ्लिपकार्टका प्रतिनिधिहरू अनि कल्याणी आईटीआईका प्रिन्सिपल कुन्तल घोषको उपस्थितिमा एमओए हस्ताक्षर सम्पन्न भएको थियो।

यस पहलअन्तर्गत सफलतापूर्वक मूल्याङ्कन पूरा सम्पन्न गरेपछि फ्लिपकार्टको सप्लाई चेन अपरेसन्स एकाडेमी (एससीओए) ले निशुल्क तालिम र प्रमाण-पत्र प्रदान गर्नेछ। फ्लिपकार्टका सिनियर भाइस प्रेसिडेण्ट तथा सप्लाई चेन, कस्टमर एक्सपिरियन्स अनि रिकमर्सका हेड हेमन्त बद्रीले भने, “फ्लिपकार्टमा हामी भारतको ई-कमर्स सप्लाई चेनलाई रूपान्तरण गर्ने दिशामा प्रतिबद्ध छौँ र आईटीआईसित भएको हाम्रो सहकार्यले यस उद्देश्यलाई प्रतिविम्बित गर्दछ।” कल्याणी आईटीआईका प्रिन्सिपल ज्योतिर्मय च्याटर्जीले भने, “आईटीआई र फ्लिपकार्टको साझेदारी युवाहरूलाई महत्त्वपूर्ण कौशल र रोजगारका अवसरहरू प्रदान गर्नका लागि ठूलो कदम हो।”

By Business Bureau