स्कोडा अटो इण्डियाले यसको नयाँ सब-4एम एसयूभी काइल्याकले भारत एनसीएपी क्र्यास परीक्षणमा प्रतिष्ठित 5-स्टार सुरक्षा रेटिङ प्राप्त गर्न सफल भएको घोषणा गरेको छ। एडल्ट अकुपेण्ट प्रोटेक्शनमा 30.88 अङ्क अनि चाइल्ड अकुपेण्ट प्रोटेक्शनमा 45 अङ्क प्राप्त गरेर काइल्याक आफ्नो सेग्मेण्टको सबैभन्दा सुरक्षित वाहन बनेको छ।
छवटा एयरब्याग र 25 भन्दा बढ़ी सक्रिय तथा निष्क्रिय सुरक्षा विशेषताहरूद्वारा सुसज्जित काइल्याकले यात्रीको सुरक्षालाई प्राथमिकता दिने स्कोडाको परम्परालाई प्रस्तुत गरेको छ। स्कोडा अटो इण्डियाका ब्राण्ड डाइरेक्टर पिटर जानेबाले भने, भारत एनसीएपीमा काइल्याकको उत्कृष्ट प्रदर्शनले भारतीय ग्राहकहरूका लागि विश्व स्तरीय सुरक्षा मापदण्ड उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। यो उपलब्धि उत्कृष्ट इञ्जिनियरिङ अनि ग्राहकहरूको भलोमाथि केन्द्रित हाम्रो दृष्टिकोणको प्रमाण हो।
काइल्याकको सिलगढ़ीमा राम्रो माग हुने अपेक्षा गरिएको छ जहाँ खरीदारहरू पोख्त सुरक्षा अनि प्रदर्शनको समिश्रण रहेको वाहनको मूल्यलाई प्राथमिकता दिन्छन्। यसको हट-स्ट्याम्प्ड स्टिल संरचना र उन्नत सुरक्षा प्रणालीहरूले यसलाई पहाड़ी बाटो र शहरी ट्राफिकजस्ता चुनौतीपूर्ण भौगोलिक स्थितिका लागि उपयुक्त बनाउँछ। 5-स्टार प्रापक कुशाक र स्लाभियापछि काइल्याकले भारतीय सड़कहरूमा युरोपेली इञ्जिनियरिङ उत्कृष्टता ल्याउने हाम्रो प्रतिबद्धतालाई सुदृढ़ गर्दै अटोमोटिभ सुरक्षामा स्कोडाको नेतृत्वलाई निरन्तरता दिनेछ।